१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतसँगको सम्बन्ध अगाडि बढ्छः प्रधानमन्त्री (अडियो)

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण राष्ट्रिय हितमा हुने बताएका छन्। मंगलबार व्यवस्थापिका संसदलाई भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण राष्ट्रिय हितका पक्षमा बनाउने बताएका हुन्।

उनले विगतमा केही अप्रिय लाग्ने घटना भएपनि त्यसलाई मित्रवत बनाउन भ्रमणलाई उपयोग गर्ने बताए। 'मेरो भारत भ्रमण मुख्य रुपमा भारतसँगको सम्बन्धलाई मित्रवत बनाउने दिशामा केन्द्रित रहन्छ,' प्रधानमन्त्री ओलीले भने,' विगतमा केही अप्रिय लाग्ने घटना भएपनि त्यसलाई नयाँ शीराबाट पारस्परिक लाभ र सहयोगका आधारमा अगाडि बढाउन चाहन्छौं।'

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणपछि नेपाल र भारतबीच देखिएका असमझदारी अन्त्य हुने दाबी गरे। उनले आफ्नो भम्रण नेपालको राष्ट्रिय हितका पक्षमा हुने दाबी गर्दै भारतसँगको सम्बन्ध सुधार गर्ने बताए। 'हामी पछाडि फर्कने होइन अगाडि बढाउने गरी सम्बन्ध सुधारको पक्षमा छौं,' उनले भने,' सम्बन्ध सुधार पारस्परिक लगानी र प्राकृतिक स्रोत साधनको उपयोग गर्नपनि दुई देशबीचको समबन्ध सुमधुर हुन आवश्यक छ।'

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अगाडि नै राजनीतिक संयन्त्र गठन गरसक्ने बताए। मधेसका समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी सीमाकंनलगातका विषयमा सहमति गर्ने यसअघि नै प्रमुख तीन दल मधेसी मोर्चाबीच सहमति भइसकेको छ।

प्रधानमन्त्री ओलीले सहमतिका आधारमा नै सीमाकंनलगायतका विषयमा समाधान खोज्ने काम भइरहेको बताए। उनले बाह्य जगतले पनि आन्तरिक कुरा हेरिरहेको भन्दै सबैलाई मान्य हुने गरी समस्याको समाधान गर्ने बताए।

प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको सम्पादित अंशको अडियो सुन्नुस्:

प्रकाशित: ४ फाल्गुन २०७२ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App