१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चौरहजारी विमानस्थलको सेवा सुचारु गर्न सांसद बस्नेतको माग

फाइल तस्बिर।

माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले चौरहजारी विमानस्थलको सेवा सुचारु गराउन सरकारसँग माग गरेका छन्।  

उनले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गरे। सांसद बस्नेतले सो पुलको निर्माण कार्य ढिलाई हुनुको कारण खोजी गरी छिटो पूरा गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गरे। 

उनले भने, ‘जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लालाई पायक पर्नेगरी केन्द्र भागमा स्थापना भएको चौरहजारी विमानस्थलमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा दिँदै आएको थियो। तर केही वर्षयता सो सेवा बन्द अवस्थामा छ। सरोकारवाला जिल्लाका जिल्ला प्रशासन कार्यालयहरु, उद्योग, व्यवसायी संघ, संस्थाहरुसहित हामी जनप्रतिनिधिहरुले बेलाबेलामा पटक पटक हवाई सेवा सुचारु गर्नका लागि वायु सेवा निगमको कार्यालयमा हामीले अनुरोध गर्दै आएका छौं र लिखित अनुरोध पनि गर्दै आईरहेका छौं। पूर्वाधार तयार भएको छ। कालोपत्रे सहितको रनवे छ। तर पनि सेवा संचालन हुन सकिराखेको छैन। तत्काल सेवा संचालनका लागि म नेपाल सरकारसँग विशेष आग्रह गर्न चाहन्छु। मध्यपहाडी सडकको भेरी नदीमा पर्ने पुल निर्माण कार्य सुरु भएको दशक भईसक्यो। तर २० प्रतिशत पनि काम अहिलेसम्म हुन सकेको छैन। र, त्यो निर्माण कार्य सम्पन्न नहुनुको कारण के हो ? त्यो कुराको खोजीसहित निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद बस्नेतले दशक बितिअक्दा पनि सो पुल निर्माणको काम २० प्रतिशत मात्रै पूरा भएको उल्लेख गर्दै त्यसलाई ढिलाई हुन नदिन सरकारले विशेष जोड दिनुपर्ने बताए।

प्रकाशित: ३१ श्रावण २०७९ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App