२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

रेडियो नेपालबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु प्रशारण गर्न सांसद कायस्तको माग

नेकपा (एकीकृत समाजवादी)की सांसद पुष्पाकुमारी कर्ण कायस्तले रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु प्रशारण गर्न माग गरेकी छिन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कायस्तले रेडियो नेपालको केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताइन्। उनले बर्दिवासको प्रशारणबाट हुक गरेर केन्द्रीय प्रशारणले समाचार दिँदा समस्या देखिने गरेको उल्लेख गरिन्। सांसद कायस्तले प्रदेशको प्रशारणलाई यथावत राखि केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकता दिइनुपर्ने बताइन्।

 उनले सांसदहरु सहितको उच्चस्तरीय आयोग गठन गरी समस्याग्रस्त विश्वविद्यालयहरुको समस्या र आवश्यकता पहिचान गरी तत्काल समस्याको समाधान गर्नुपर्ने बताइन्। 

प्रकाशित: २९ श्रावण २०७९ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App