८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एक वर्षमै चार महानिर्देशक फेरिए

सहरी विकास मन्त्रालयले एक वर्षको अवधिमा ४ पटक सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक (डिजी) फेरेको छ।

सहरी विकास मन्त्रालयले बिहीबार मात्र विभागका महानिर्देशक रामचन्द्र दंगाललाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा सुरेन्द्रमोहन श्रेष्ठलाई ल्याउने निर्णय गरेको छ। पोहर साउनदेखि अहिलेसम्म विभागमा ४ पटक महानिर्देशक फेरिएका छन्। पोहर साल साउनमा नवराज प्याकुरेल विभागको महानिर्देशक थिए।

२०७८ कात्तिकमा पदम मैनाली विभागको डिजीमा नियुक्त भएर प्याकुरेललाई अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिमा लगियो। मन्त्रालयले २०७९ जेठमा रामचन्द्र दंगाललाई मन्त्रालयले विभागको महानिर्देशक पदमा नियुक्त गर्‍यो। बिहीबारबाट दंगाल मन्त्रालयमा सरुवा भइ विभागको डिजीमा श्रेष्ठ नियुक्त भएका छन्।

मन्त्रालय स्रोतका अनुसार दिलीपशेखर श्रेष्ठ भवन महाशाखा, प्रकृण तुलाधार आवास महाशाखा, नारायणप्रसाद भण्डारी,सहरी महाशाखा, दिलीप भण्डारी अधिकार सम्पन्न वाग्मती एकीकृत सभ्यता विकास समिति, नवराज प्याकुरेल उपत्यका विकास प्राधिकरण, माचाकाजी महर्जन विशेष भवन निर्माण आयोजनामा सरुवा भएका छन्। यसैगरी कुमार घिमिरेलाई संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय तथा एकराज अधिकारीलाई नयाँ सहर आयोजनामा सरुवा गरिएको छ।

प्रकाशित: २७ श्रावण २०७९ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App