९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस (बिपी) उदयपुरको जिल्ला संयोजकमा प्रशान्त राई मनोनित

काँग्रेस (बिपी)का उदयपुर संयोजक प्रशान्त राई। तस्विरः महेश्वर

नेपाली काँग्रेस (बिपी) उदयपुरकोे संयोजकमा प्रशान्त राई चयन भएका छन्। काँग्रसका पुराना नेता ००७ सालका क्रान्ति योद्धा अशोकचन्द्र राईका छोरालाई सभापति सुशीलमान शेरचनले आइतबार बिपी काँग्रेसको उदयपुर संयोजकमा मनोनित भएका हुन्।

पार्टीदेखि लामो समययता असन्तुष्ट रहेका राई गत स्थानीय तह निर्वाचनमा चौदण्डीगढी नगरपालिकामा मेयर पदका पराजित स्वतन्त्र उम्मेदवार पनि हुन्। अघिल्ला मेयर तथा काँग्रेसका आधिकारिक उम्मेदवार खगेन्द्र राईविरुद्ध हाँस चुनाव चिन्ह लिएर ‘बागी’ दिएका थिए।

राणा शासनविरुद्ध सशस्त्र आन्दोलन गरेर प्रजातन्त्र ल्याउने क्रान्ति योद्धाको सन्तानलाई पार्टीले लामो समयदेखि बेवास्ता गरेको र पार्टी र लाभको पदमा कुनै स्थान नदिएको गुनासो गर्दै आएका उनी नेपाली काँग्रेसनिकट आदिवासी जनजाति महासंघको केन्द्रीय महामन्त्री समेत थिए। हालका परराष्ट्रमन्त्री उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा केन्द्रीय सदस्य डा. नारायण खड्कासँग चर्को मतभेद राख्दै आएका उनी पछिल्लो समय जिल्ला पार्टीसँग पनि दुरी बढाउँदै गएका थिए।  

जिल्ला सभापति हिमाल कार्की र प्रदेश सभापति खगेन्द्र राईसँग पनि सम्बन्ध टुट्ँदै गएपछि उनी बिपी काँग्रेसमा गएको अनुमान गरिएको छ। राईलाई पार्टीले कुनै ठाउँ नदिएपछि बाध्य भएर बिपी काँग्रेसमा लाग्नु परेको उनीनिकट नेता कार्यकर्ताहरु बताउँछन्।

चौदण्डीगढी नगरपालिका ३ बसाहाका स्थायी बासिन्दा राईले छिट्टै जिल्ला फर्केर काँग्रेस (बिपी)को जिल्ला समिति गठन गरेर संगठन विस्तारमा लाग्ने बताएका छन्। पार्टी जिल्ला कार्यसमिति गठन गरेर संगठन निर्माण गर्दै आउँदो मंसिर ४ मा हुने प्रदेश र संघीय चुनावको तिब्र तयारीमा लाग्ने प्रतिबद्धता उनले जनाएका छन्। केन्द्रीय समितिको निर्णय अनुसार प्रदेश र संघका सबै निर्वाचन क्षेत्रमा चुनाव लड्न संगठन निर्माणसँगै उम्मेदवार चयन गर्ने पनि उनले बताएका छन्।

प्रकाशित: २३ श्रावण २०७९ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App