१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भत्ता काटिएपछि बैठकमा कोरम पुर्‍याउन सकस

प्रदेश १ को प्रकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले बैठक भत्ता काटिएपछि समितिको वैठकमा कोरम पुर्‍याउन गाह्रो भएको गुनासो गरेका छन्। 

आइतबारको प्रदेश सभा बैठकमा समितिको प्रतिवेदन पेश गर्दै लिम्बुले कोरोना महामारी र बैठक भत्ता काटिएपछि समितिको बैठकमा कोरम पुर्‍याउन गाह्रो भएको गुनासो गरेका हुन्।  

लिम्बूले भत्ता काटिने र कम भएको हुदाँ विगतका वर्षहरुमा बैठक बस्न समेत सकस भएको बताए। २०७६/७७ मा १५ पटक बसेको समितिको बैठक ०७७/७८ मा ६ र ०७८/७९ मा ४ पटक गरि कुल २५ पटक बसेको उनले जानकारी दिए। 

उनले समितिमा धेरै विषयमा छलफल भएको सरकारलाई सुझाव र  निर्देशन समेत  दिएको बताए। यस्तै प्रदेशको विभिन्न स्थानमा समितिका पदाधिकारीहरूले स्थलगत अनुगमन र भ्रमणसमेत गरेको साँवाले जानकारी दिए।

प्रकाशित: २२ श्रावण २०७९ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App