२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बार एकाई कपिलवस्तुमा खड्का

नेपाल बार एशोसिएशन जिल्ला अदालत बार एकाई कपिलवस्तुको अध्यक्षमा चन्द्र बहादुर खड्का निर्वचित भएका छन्।

 शनिबार भएको निर्वाचनमा भोला विश्वकर्मालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खडाकाले २१ र बिश्वकर्माले २१ मत पाएका थिए। यस्तै बार एकाईको उपाध्यक्षमा राजु कुमार श्रीवास्तव, सचिवमा कृष्ण प्रसाद पौडल, कोषाध्यक्षमा कृष्ण बन्जाडे निर्वाचित भएको निर्वाचन संयोजक ज्ञानहरी भट्टराईले जानकारी दिए।

यस्तै एकाई बारको सदस्यहमा कृष्ण प्रसाद भट्टराई, निमानन्द उपाध्याय, मोहम्मद कलिम, राजेश कुमार पाण्डेय, चर्तुभुज पाण्डे, जगन्नाथ अर्याल र रामदेव मिश्र निर्वाचित भएका छन्। बारमा कुल ४९ मत मध्ये ४७ मत खसेको थियो। 

प्रकाशित: २२ श्रावण २०७९ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App