राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा डा.शर्मिला पराजुली (ढकाल) लाई स्पेन, मिलनराज तुलाधारलाई रूसी महासंघ र प्रा.डा.रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस्तै गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा। शंकरप्रसाद शर्मालाई भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १० श्रावण २०७९ ०७:४१ मंगलबार