२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय छानबिन समितिको बैठक: प्रहरीले दिएको फरेन्सिक रिपोर्ट हेर्दै

संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बसिरहेको छ।  

बैठकमा अहिले समितिका सदस्यहरुले प्रहरीले दिएको फरेन्सिक रिपोर्ट हेरिरहेका छन्। प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको भिडियो समेत छ।  

यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जनाएको थियो। त्यसपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीसँग सहयोग मागेको थियो।  

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ। आरोप लागेसँगै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए।  

संसदीय छानबिन समितिले शर्मामाथि छानबिन गर्न थालेसँगै मन्त्रालयले सीसीटीभी फुटेज सबैको चासो बनेको छ।

प्रकाशित: १० श्रावण २०७९ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App