coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाओवादी अध्यक्ष दाहाल अब ट्विटरमा

काठमाडौं–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल समाजिक सञ्जालमा जोडिएका छन्। दाहाल बिहीबारदेखि सामाजिक सञ्जाल ट्विटरमा जोडिएका छन्। दाहाल यसअघि फेसबुकमा आबद्ध भएपनि ट्विटरमा भने बिहीबारदेखि जोडिएका हुन्। 

दाहालको सचिवालयमा नयाँ टिम आएपछि ट्विटरमा दाहाल जोडिएका हुन्। दाहाललाई @cmprachanda मा फलाे गर्न सकिन्छ। दाहालले वेबसाइटफेसबुक यसअघि नै बनाइसकेका छन्। सामाजिक सञ्जालमा जोडिँदा धेरै आलोचना हुन्छ भनेर दाहाल सामाजिक सञ्जालभन्दा टाढै थिए।

दाहालकाे स्वकीय सचिवमा जाेखबहादुर महरा छन्। महरा गतसातामात्रै दाहालकाे सचिवालमा अाएका हुन्।  महराले सुचना नियमित गर्न र जनतासँग प्रत्यक्ष अन्तक्रिया बढाउन सामाजिक संजालमा  दाहालाइ सामाजिक सञ्जालमा जाेडिएकाे बताए। उनका अनुसार टि्वटर सचिवालयले चलाउने छ। 'अध्यक्ष दाहालका नियमित सार्वजनिक कार्यक्रमको तालिका एवं वक्तव्यहरु अब हामी नियमित रुपमा सामाजिक सञ्जालमा अपडेट गर्नेछौं', स्वकिय सचिव महराले नागरिकन्युजसँग भने।

दाहालकाे सामाजिक सञ्जाल संयोजन नारायण ढुंगाना नियुक्त भएका छन्। उनी यसअघि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत थिए।

दाहालले आफ्नो सचिवालय टिमलाई गत साता हेरफेर गरेका हुन्।

 

प्रकाशित: १६ पुस २०७२ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App