४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'ऐन, कानून कार्यान्वयनबारे अनुसन्धान गर्न छुट्टै कानून निर्माण गर्नुपर्छ'

राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले सरकारले बनाएका ऐन, कानून कार्यान्वयन भए÷नभएको अध्ययन अनुसन्धान गर्न छुट्टै कानून निर्माण गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन्।

उनले सरकारका कानून बनाउने निकायले कानून बनाए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए। सांसद पन्तले संसदले बनाएका कानून पालना भएको छ की छैन भनेर हुर्नुपर्ने स्थिति आएको बताए। उनले स्तरीय ऐन कानूनहरु निर्माणसँगै कार्यान्वयन नहुनुका कारण पहिल्याउँदै कार्यान्वयनयुक्त कानून बनाउनको लागि सरकार र सांसदले समन्वयात्मक भुमिका खेल्नुपर्ने बताए।

यस्तै सांसद राधेश्याम पासवानले प्रदेश सांसदहरुले नै संघीयता माथि संसदको रोष्टममा बोलेर संविधानविरुद्ध बोल्नु गलत भएको बताए। उनले कुनै मुख्यमन्त्री, प्रदेश मन्त्री वा सांसदहरुले बजेट हिनामिना गर्‍यो भन्दैमा संविधानको बर्खिलापमा बोल्न नहुने बताए।

त्यस्तै, सांसद डा. विमला राई पौड्यालले अमेरिकी प्रोग्राम एसपीपी पत्र किन नपठाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग गरिन्। उनले सरकारले स्टेट पार्टनरसिप प्रोग्राममा भाग नलिने निर्णय गरेपनि अमेरिकालाई पत्र अहिलेसम्म नपठाएको भन्दै प्रश्न गरिन्। सांसद राईले ढल्न लागेको सरकार त्यो पनि भूकम्पले आक्रान्त भएको बेला सहयोग हुने आशाले गरिएको सहमति छलफल बिना राजनीतिक नेतृत्व बेखबर बनाएर सहमति हुनु डर लाग्दो कुरा भएको बताइन्।

सांसद राईले अर्थमन्त्री नहटेसम्म सचिव मन्त्रालय नआउने भनेर बिदामा बस्ने र मन्त्री हटेपछि मन्त्रालय आउने र मन्त्रालयमा सीसीटीभी फुटेज नराख्ने छानबिन समितिसँग बोल्न डराउने कर्मचारीलाई के कारबाही भयो प्रधानमन्त्रीले अर्थमन्त्रीको हैसियतमा संसदमा जवाफ दिनुपर्ने बताइन्। 

प्रकाशित: ४ श्रावण २०७९ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App