१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाली काँग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पर्सा जिल्लाका आम नागरिकहरुले भोगीरहेका समस्याहरुमा नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण भएकोमा उक्त समस्याहरु यथाशिघ्र समाधानको लागी नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत प्रधानमन्त्री समक्ष यो ज्ञापनपत्र बुझाएको छ।

नेपाली काँग्रेसको अगुवाईमा गठबन्धन सरकार निर्माण भई राज्य सञ्चालन भईरहेको अवस्थामा हाल देखिएका समस्याहरु आफूहरुले प्रधानमन्त्री समक्ष पुर्याउन ज्ञापनपत्र बुझाएको काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले बताए।  

आगामी संघिय र प्रदेश निर्वाचन (२०७९) लाई मध्यनजर गरी निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य यस जिल्ला मा निर्वाचन कार्यालय पर्सा बाट गरिरहेकोमा दिनहु ४००/५०० जना मतदाताहरु कार्यालयमा पुग्दा जनशक्तिको अभावमा ५०/६० जना को नाम मात्रै दर्ता हुने भएको ले गाउँ÷गाउँ बाट आउने आम नागरिक ले समस्या भोगिरहेकोले जनशक्तिको व्यवस्था गरी प्रत्येक गाउ÷वडा मा नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्न व्यवस्था मिलाउन नेपाली कांग्रेस पर्सा जोडदार मांग गरेको छ भनी पहिलो बुँदामा भनिएको छ।  

त्यस्तै नेपाल कृषि प्रधान देश रहेकोले यस पसा जिल्लाको मल वासिन्दाको पेशा कृषि नै रहेको हुँदा कृषकहरुलाई धानवाली लगाउने यस आषाढ/साउन महिनामा रसायनिक मल (खाध) को अभाव भई कृषकहरुको जनजिवन कष्टकर भइरहेको र उत्पादन मा समेत हास हुने भएको ले अविलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्न काँग्रेस पर्साको दोस्रो माग छ।  

पर्सा जिल्ला को जिराभवानी गाउँपालिकामा पर्ने ईलाका प्रशासन कार्यालय सुपौलीमा हफ्तामा एक दिन मात्र नागरिकता वितरणदेखि अन्य सेवा दिईरहेकोमा उक्त कार्यालयमा आवश्यक जनशक्ति लगायतको व्यवस्था मिलाई दिनहु सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाली काँग्रेस पर्साको मांग छ। पर्सा जिल्लाको दास्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपािलकामा विगतमा ईलाका प्रशासन कार्यालय स्थापना भई सेवा प्रवाह भइरहेकोमा द्वन्द्व कालमा सो कार्यालय बन्द भई सेवाग्रहीहरु वीरगंज आउनुपरेकोले जिल्ला प्रशासन कार्यालयमा भार थपिएको र सेवाग्राहीलाई पनि समस्या रहेकोले पोखरियामा पुनः ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुरु गराउन मांग गरिएको छ।

पर्सा जिल्ला का कृषकहरुको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुखायाम भई अनावृष्टिको अवस्थामा कृष्कका आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय पर्सा वीरगंजले नहरमा पानी समेत सञ्चालन नगरेको मा यथाशिघ्र पानी सञ्चालन गर्न, हुलाकी सडकको वीरगंज–ठोरी सडक खण्डमा सुरक्षाका लागि गण्डक नहर चौक (नवरंगिया) पुलं नीर प्रहरी चौकी स्थापना गर्न, र पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न मागहरु पनि राखिएका छन्। 

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, जिल्ला उपसभापति रामनारायण कुर्मी, प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सचिव दिनेश चौधरी, प्रदेश सदस्य ममता चौधरी, नेता रामरुप कुर्मी, वीरगंज महानगरपालिकाका उपमेयर इमितयाज आलम लगायतकोसहभागिता रहेको थियो।

प्रकाशित: १ श्रावण २०७९ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App