२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयर साहले रुटिन अफ नेपाल बन्दका सञ्चालकलाई फाइदा हुनेगरी बजेट छुट्याएको भन्दै चौतर्फी आलोचना

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट स्वर्गीय र्यापर अनिल अधिकारी 'यम बुद्द' को सालिक निर्माण गर्ने निर्णय गरेसँगै उनी विवादमा तानिएका उनी पुनःअर्को विवादमा तानिएका छन्।

काठमाडौँ महानगरले ‘ई-स्पोर्ट’ को नाममा आफूलाई चुनावमा सघाएका चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेको भन्दै हाल सामाजिक सञ्जालमा मेयर बालेनको आलोचना सुरु भएको छ।  

‘हिमालयन टेलिभिजन’ ले रुटिन अफ नेपाल बन्दकै लागि भनेर मेयर बालेनले एक करोड रुपैयाँ छुट्टाएको दाबीसहित भिडिओ सामग्री सम्प्रेषण गरे पश्चात उनको आलोचना सुरु भएको हो। यता रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सामाजिक सञ्जाल मार्फत उक्त समाचारको खण्डन गरेका छन् ।

उनले लेखेका छन्, 'प्रिय हिमालयन टेलिभिजन म एउटा इ-स्पोर्ट टिमको सह-स्थापक हुँ , आयोजक हैन रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन, 'उनी थप्छन्, 'बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु प्रमाणित गर्नुहोस्, सबै आफू जस्तो हुन्छ्न् भनेर नसोच्नुहोला।'

हाल नेपालमा ‘ई-स्पोर्ट’ सञ्चालनको लागि आधिकारिक कम्पनीको रूपमा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल समेत सहभागी रहेको डिआरएस नामक कम्पनी मात्र दर्ता रहेको जनाइएको छ।

प्रकाशित: ३० असार २०७९ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App