१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा सांसदको आवाजः त्रिविको प्रश्न पत्रदेखि तुइन विस्थापनसम्मको माग

राष्ट्रिय सभा सदस्य सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयले लिने गरेको परीक्षाको प्रश्न पत्रमा नेपाली भाषाको प्रयोग हुनुपर्ने बताएकी छन्।

मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद रावल थापा पार्वतीले प्रश्न पत्रमा नेपाली भाषाको प्रयोग नभएकै कारण धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेको जनाउँदै गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरीएकाले यस्तो बेस्थिति सरकारले रोक्नु पर्ने बताइन्। उनले स्नातकोत्तर र स्नातक परीक्षाको प्रश्नपत्र अङग्रेजीमा र उत्तर लेख्दा नेपाली र अङग्रेजी दुबैमा खुल्ला भएकाले यो व्यवस्था प्रश्नपत्र पनि नेपाली अङग्रेजी दुबैमा राख्नु माग गरेकी छन्।

यस्तै सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताइन्। उनले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता, सहअस्थीत्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना समेत नभएको बताइन्। देवकोटाले संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जानु पर्ने बताइन्।

त्यस्तै, सांसद इन्दु कडेरियाले वर्तमान सरकारले तुइन विस्थापित गर्ने कार्यलाई प्राथमिकता नदिँदा वर्षैपिच्छे महाकाली नदिनमा तुइनबाट खसेर मानिसहरुले ज्यान गुमानु परेको बताइन्। उनले सरकारले तत्काल महाकाली नदिको ११ स्थानमा ओली सरकारले तुइन बनाउने योजना अनुसार तुइन निर्माण कार्य अगाडि बढाउनु पर्ने माग राखिन्।

यसैगरी सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताएका छन्। उनले सरकार भए पनि नभएको जस्तै देखिएको भन्दै ललितपुरको भैसेपाटीको ५ सय मिटर सडक लाथालिङग भएर ६ वर्षदेखि हिलाम्मे हुँदा समेत ध्यान नगएको बताए। सांसद देवकोटाले ६ वर्षसम्म सांसदहरुको कुरा उठाउँदा समेत बन्न नसक्नुको कारण भौतिक पूर्वाधार मन्त्रीले संसदमा जवाफ दिनु पर्ने माग राखे।

सोही क्रममा सांसद नन्दा चपाईले शिशु अवस्थामा हुर्कदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताइन्। उनले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबाआमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेट मार्फत रकम जम्मा गर्नु दुःखद भएको बताइन्। उनले सरकारले त्यस्तो अनियमित रोक्नु माग गरिन्।

सांसद प्रकाश पन्थले आदिकवि भानुभत्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गरेको बताए। उनले भानुभत्तको जन्म स्थानलाई सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको बताए। सांसद पन्थले आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यीक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै सरकारको प्राथकितामा राख्न आग्रह गरे।

प्रकाशित: २८ असार २०७९ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App