२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

मध्यपूर्वमा रहेका ८८ हजार नेपालीको तथ्यांक संकलन: परराष्ट्रमन्त्री

मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण अप्ठ्यारोमा परेका नेपालीहरूको अवस्था र त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे सरकारले विशेष कार्ययोजना अघि बढाएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मध्यपूर्वमा रहेका नेपालीको तथ्यांक संकलन, उद्धारको पहल र बढ्दो इन्धन संकटबारे सरकारको धारणा सार्वजनिक गरेका हुन्।

मन्त्री खनालले मध्यपूर्वको समस्या नेपालको सिर्जना नभए पनि त्यहाँ रहेका नेपालीहरू द्वन्द्वको चपेटामा परेको बताउँदै आवश्यकताअनुसार नेपालीहरूको सहजीकरण गर्न परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गरिरहेको जानकारी दिए।

उनका अनुसार हालसम्म ८८ हजारभन्दा बढी नेपालीले आफ्नो नाम टिपाएका छन्। यद्यपि, पछिल्ला केही दिनयता उद्धारको माग गर्दै आउने फोन कलको संख्या घटेको उनले बताए।

मन्त्रालयले २४ घण्टा नै सञ्चालन हुने गरी हटलाइन सेवा राखेको र त्यहाँ गाह्रो पर्‍यो भनेर आउने गुनासो अहिले कम हुँदै गएको सुनाए।

नेपाल फर्किन चाहनेहरूका लागि सरकारले पर्यटन मन्त्रालय र नेपाल एयरलाइन्ससँग समन्वय गरेर उडानको व्यवस्था मिलाइरहेको छ।

मन्त्री खनालले दुबईमा नियमित उडान सुरु भइसकेको र साउदी अरबमा पनि नेपाल एयरलाइन्ससँग मिलेर केही उडान गरिएको जानकारी दिए।

आवश्यक परेका अन्य स्थानमा पनि नेपालीलाई सहज रूपमा ल्याउने हिसाबले काम भइरहेको उनले दाबी छ।

प्रकाशित: २३ चैत्र २०८२ १७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App