नेकपा एकीकृत समावादीले पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरेको छ। शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाइ चयन गरेको हो।
संघीय सांसद समेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय बैठकले गरेको हो। यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी शहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले बताए।
प्रकाशित: २६ असार २०७९ ०९:५१ आइतबार