१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी हुन्। यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छन्।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो। यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो।

प्रकाशित: २५ असार २०७९ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App