४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेसद्वारा निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ। मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो। 

उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टी भित्र प्रारम्भिक छलफल सुरु गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए। 

बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एक रुपता ल्याउने विषयमा के भईराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो। पार्टीको अव बस्ने केन्द्रित समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि सहमहामन्त्री विश्वकर्माले बताए। उनले भने, ‘आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने गरी भातृ संस्थाहरुको विधानमा एकरुपताको बारेमा के भईराखेको छ भन्ने बारेमा छलफल भयो। र, निर्वाचन आयोगले अघि सारेको निर्वाचन सम्बन्धि विधेयकको बारेमा प्रारम्भिक छलफल भयो।’

नेपाली काँग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो। त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको सहमहामन्त्री विश्वकर्माकोे भनाई थियो।

प्रकाशित: २१ असार २०७९ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App