१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

'नदी कटानलाई रोक्न नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता'

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की, आछामीले नदी कटानलाई रोक्नका लागि नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका छन्। राष्ट्रिय सभा सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरुमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भइरहेको बताए।

गिट्टी, बालुवा निकालेर सिमित मानिसहरु धनि हुने तर खेतीयोग्य जमिन र घरहरुमा नोक्शान हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि नदी ऐनको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो। उनले आपतकालीन नदी नियन्त्रणमा बजेट शून्य भएको भन्दै आपत्कालीन नदी नियन्त्रण कोषमा बजेटको व्यवस्था गर्न माग गरे।

प्रकाशित: २० असार २०७९ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App