८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति सर्लाहीमा कांग्रेस-माओवादी गठबन्धन निर्विरोध

जिल्ला समन्वय समिति सर्लाहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन निर्विरोध निर्वाचित भएको छ।  

जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली काँग्रेसका कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जितेन्द्रकुमार महतो निर्विरोध निर्वाचित भएका हुन्।

शुक्रवार दिउँसो १ बजेसम्म जिल्ला समन्वय समिति सर्लाहीको पदाधिकारी तथा सदस्य पदका लागि मनोनयन दर्ता गराउने समय निर्धारण गरिएकोमा तोकिएको समयभित्र नेपाली काँग्रेस र माओवादी गठबन्धनको मात्र मनोनयन दर्ता हुन आएपछि सम्पूर्ण प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिसस सर्लाहीमा नेपाली काँग्रेसले प्रमुखसहित छ सदस्य र नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित एक जना सदस्य लिने सहमति भएको थियो।

जिसस सर्लाहीका सदस्यहरुमा नेपाली काँग्रेसबाट रामबहादुर बोम्जन, अलाउदीन मियाँ, रामशीला कुमारी यादव, रेखादेवी साह, पासवती देवी थरुनी र सोनावती देवी चयन भएका छन् भने नेकपा माओवादीबाट हेम कार्की निर्वाचित भएका छन्।

२० स्थानीय तह रहेको सर्लाहीमा जिसस चुनाव जित्नको लागि नेपाली काँग्रेससँत एकल बहुमत रहेको भए पनि माओवादीसँत तालमेल गरेर निर्विरोध निर्वाचित भएको हो।

जिसस प्रमुखमा निर्वाचित सिंह गत स्थानीय तहको निर्वाचनमा बलरा नगरपालिकाको नगर प्रमुखमा पराजित भएका थिए। नगर प्रमुखमा पराजित भएपछि सिंह कार्यपालिका सदस्यको चुनाव लडेर निर्वाचित भएका थिए। कार्यपालिका सदस्यमा निर्वाचित हुनासाथ सिंह जिल्ला समन्वय समिति सर्लाहीको सभापति पदका लागि उम्मेदवार हुने चर्चा चलेको थियो।

प्रकाशित: ३ असार २०७९ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App