३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति रौतहटको निर्वाचन असार १२ गते

जिल्ला समन्वय समिति रौतहटको निर्वाचन असार १२ मा हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरले जिल्ला समन्व्य समितिको निर्वाचन २०७९ असार १२ गते हुने जनाएको हो। असार १२ को दिन मतदान हुने गरी निर्वाचनको कार्यक्रम प्रकाशन गरिएको छ।

निर्वाचन कार्यक्रम अनुसार असार ७ मा मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीमा सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने तथा मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम तोकिएको छ।

यसै गरी असार ८ गते मतदाताको विरोधमा परेको उजुरी जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। असार ९ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजरी उपर निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम निर्धारण गरिएको छ।

असार १० गते उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ भने असार १२ मा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम निर्धारण गरिएको छ।

रौतहट जिल्लामा कुनै एक दलको बहुमत नरहेको तर नेपाली काँग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको देखिएको छ। १८ स्थानीय तह रहेको रौतहटमा नेपाली काँग्रेस सात पालिका प्रमुख र वामपन्थी दल आठ पालिका प्रमुखमा बाजी मारेको छ। वामपन्थी पार्टीमध्ये नेकपा एस चार, नेकपा एमाले तिन र नेकपा माओवादी केन्द्रले एक पालिका प्रमुखमा जित हासिल गरेको छ। लोसपा नेपालले दुई पालिका प्रमुखमा जित निकाल्दा जसपा नेपाल भने एक पालिकामा सीमित हुन पुगेको छ।

प्रकाशित: ३ असार २०७९ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App