४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाथीभरा याङ्वरक र सिदिङ्वामा एमालेलाई बहुमत

ताप्लेजुङको पाथीभरा याङवरक गाउँ कार्यपालिकामा एमालेका ६ जनानै चयन हुँदा सिदिङ्वा गाउँपालिकामा एमालेका ५ र माओवादी केन्द्र निकट १ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन्। 

सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बेघाका अनुसार निर्वाचित महिला सदस्य भित्रबाट छत्रमाया इजम,तुलसीमाया बुढा क्षेत्री, रेनुका लिम्बू र सावित्रा बानियाँ कार्यपालिका सदस्य निर्वाचित भएका छन्। यि सबै एमालेका हुन्। 

दलित वा अल्पसंख्यकतर्फ भने जयप्रकाश राई र सन्तोषकुमार पाँचकोटी सर्वसम्मत भए। पाँचकोटी एमालेका हुन् भने जयप्रकाश माओवादी निकट भएपनि त्यहाँ एमालेको समर्थनमा उनी सर्वसम्मत भएका हुन्। योसंगै ७ वटा वडा रहेको १५ सदस्यीय सिदिङ्वा गाउँ कार्यपालिकामा अध्यक्षसहित एमालेका ११,उपाध्यक्षसहित माओवादी २,नेपाली काँग्रेस, संघीय लिम्बूवान र स्वतन्त्रका १–१ जना कार्यपालिका सदस्य हुने छन् उता, पाथीभरा याङ्वरक गाउँ कार्यपालिकामा मुना नेपाली, एलिसा इङ्नाम,जसोदा नेपाली र सोनिसा साम्यो लिम्बू निर्वाचित महिला सदस्य भित्रबाट कार्यपालिका सदस्य चयन भएका छन्। 

यस्तै अल्पसंख्यक दलिततर्फबाट इन्द्रबहादुर खवास र पदमबहादुर कामी निर्वाचित भएको पाथीभरा याङ्वरक गाउँपालिकाका सहायक निर्वाचन अधिकृत तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले जानकारी दिए।

प्रकाशित: १९ जेष्ठ २०७९ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App