१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेरिङदेन गाउँ कार्यपालिकामा एमालेलाई सुविधाजनक बहुमत

पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद गुमाएको एमालेले ताप्लेजुङको मेरिङदेन गाउँ कार्यपालिकामा भने सुविधाजनक बहुमत जुटाएको छ। बिहीबार कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गरी ६ जना कार्यपालिका सदस्य नै एमालेबाट निर्वाचित भएका छन्।

योसँगै ६ वडा रहेको मेरिङ्देन गाउँपालिकाको १४ सदस्यीय कार्यपालिकामा ४ जना वडाध्यक्षसहित एमालेका १०, पालिका अध्यक्ष र २ वडाध्यक्षसहित कांग्रेसका ३ र पालिका उपाध्यक्षसहित नेकपा एसले कार्यपालिकामा १ सदस्यीयको प्रतिनिधित्व गर्ने छ।

मेरिङ्देन गाउँपालिकाका सहायक निर्वाचन अधिकृत तथा मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार निर्वाचित महिला सदस्यबाट कार्यपालिकामा जाने ४ पदमा याङ्डे शेर्पा, अमृता मगर शेर्पा, कमला तामाङ र बिमला कामी निर्वाचित भएका छन्।

दलित वा अल्पसंख्यकबाट जाने २ पदमा पासाङ छिरिङ शेर्पा र ङिमाखाण्डु शेर्पा निर्वाचित भएका छन्। यसअघि फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि भएको निर्वाचनमा ८ पदमै गठबन्धन पक्ष विजयी भएको थियो।

प्रकाशित: १२ जेष्ठ २०७९ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App