८ वैशाख २०८१ शनिबार
राजनीति

तनहुँका जनप्रतिनिधिले सम्हाल्न थाले कार्यभार

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले पदभार ग्रहण गर्दै। तस्बिरः विनोद ढुंगाना/नागरिक

जिल्लाको व्यास नगरपालिकामा मतगणना सकिएको छैन्। भानु नगरपालिकामा शुक्रबार अन्तिम मतपरिणाम आएको छ। अन्य आठ स्थानीय तहको निर्वाचित भएका जनप्रतिनिधिले सपथ ग्रहणसँगै कार्यभार सम्हाल्न थालेका छन्।

शुक्रबार शुक्लागण्डकी नगरपालिकाको मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक (राजु) ले पदभार ग्रहण गरेका छन्। शुक्लागण्डकीका नवनिर्वाचित मेयर पण्डितले शुक्रबार जिल्ला न्यायधिश हरिषचन्द्र ढुंगाना समक्ष सपथ ग्रहण गरे लगत्तै शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा  आएर पदभार ग्रहण गरेका हुन्।

उनलाई नगरपालिका प्रमुख प्रशाशकीय प्रमुख लिलावल्लभ न्यौपानेले पदभार ग्रहण गराए। उनले पदभार ग्रहणसँगै तीन निर्णय गरेका छन्। गएको बर्खामा बाढी पहिरोबाट पिडित बनेका १९ जनालाई ग्याविन जाली दिने, ९ जना विपन्नलाई १० हजार रुपैयाँका दरले सहयोग दिने र असार २५ गतेभित्र नगरपालिकाबाट दिने सबै भुक्तानी गर्ने निर्णय गरेका छन्।

नवनिर्वाचित मेयर पण्डितले शुक्लागण्डकी नगरपालिकामा निर्वाचित उपमेयर, वडाध्यक्ष र वडा सदस्य गरेर ६१ ज्ना नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका छन्। सपथ ग्रहणपछि उपमेयर खुमबहादुर विक (राजु) ले पदभार ग्रहण गरेका छन्। उनले पहिले आमालाई आफू बस्ने कुर्सिमा बसाले र त्यसपछी बल्ल आफुले पदभार ग्रहण गरे।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले पनि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले घर नक्सा कायम भएका घरमा निशुल्क नम्बर प्लेट वितरण गर्ने निर्णय गरेका छन्। एकपटकका लागि घर नक्सा पास भएका घरहरुमा नम्बर प्लेट निशुल्क वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। यस्तै, उपाध्यक्ष घिमिरेले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने निर्णय गरेका छन्।

ऋषिङ गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापाले पनि पदभार ग्रहण गरेका छन्। आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान र उपाध्यक्ष दुर्गा अर्यालले पनि पदभार ग्रहण गरेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App