४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विराटनगर महानगरपालिका: मतान्तर बढाउँदै कांग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ४ हजार ८ सय ३५ बढी मतका साथ अग्रस्थानमा छन्।  

कोइरालाले १९ हजार १ सय ७३ मतका साथ अगाडि रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १४ हजार ३ सय ३८ मत प्राप्त गरे। स्वतन्त्रका उमेश यादवले ६ हजार १ सय ८७ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रह्लाद साहले ३ हजार ७ सय ८ मत प्राप्त गरे।  

त्यस्तै, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १६ हजार ५ सय ५२ मतका साथ अगाडि रहेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले ९ हजार ८ सय १५ मत प्राप्त गरेका छन्। राप्रपाकी विन्दा लुइँटेल आचार्यले ४ हजार ४ सय ९३ र स्वतन्त्रकी नमिता न्यौपानेले ३ हजार ५ सय ४९ मत प्राप्त गरेकी छन्।

महानगरपालिकाको १, २, ७, १३, १४, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाको मत गणना भइसकेको छ। जसमा एमालले १, २, १४ र १९, नेपाली काँग्रेसले ७, १५, १६,  जसपा १७, राप्रपाले १३ र स्वतन्त्रले १८ नम्बर वडामा वडाध्यक्ष जितेको छ। हालसम्म ४४ हजार ५ सय ६८ मत गणना भइसकेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App