१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जुगलमा माओवादी-कांग्रेस गठबन्धको जित

हिमाली गाउँपालिका जुगलमा माओवादी–कांग्रेस गठबन्धले जितेको छ। पालिका अध्यक्षमा माओवादी उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका हुन्।  

स्याङ्वोले ५ हजार ५ सय ७२ र श्रेष्ठले ४ हजार ७ सय ६८ मत प्राप्त गरे। निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले ४ हजार ४ सय र उपप्रमुख उम्मेदवार सुनिता थापा लामाले ३ हजार ७ सय ७ मत ल्याए। सातवटा वडा रहेको यो पालिकामा एउटै वडा नजित्नुका बाजुद पनि माओवादीका स्याङ्वो अध्यक्षमा निर्वाचित भएका हुन्।  

अघिल्लो निर्वाचनमा यो पालिकामा एमालेका होमनारायण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए। त्यतिबेला माओवादीबाट उम्मेदवार रहेका स्याङ्वो तेस्रो भएका थिए। उक्त निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भइ लामा निकटतम प्रतिस्पर्धी बनेका थिए। यो पटक पार्टीबाट टिकट नपाउने भएपछि लामा पालिका अध्यक्ष जित्ने उद्धेश्यसहित उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरेका थिए। त्यसको २४ घण्टा नबित्दै एमालेले उनलाई टिकट दिएको थियो।  

उनी एमाले प्रवेश गर्नुअघि दलहरु एक्ला–एक्लै लड्ने तयारीमा थिए। व्यक्तिगत प्रभाव भएका लामाको एमाले प्रवेशले एकाएक समीकरण बदलेको थियो। अन्तिम समयमा माओवादी–कांग्रेस गठबन्धन बनेको थियो। यहाँ कांग्रेसले तीन र एमालले सातवटा वडा जितेका छन्।  

 

प्रकाशित: ४ जेष्ठ २०७९ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App