२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

गोरखाः अघिल्लो पटक हारे, अहिले हराए

नगरपालिकाको मेयरमा राना, उपमेयरमा थोकर विजयी

गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना विजयी भएका छन्। नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार राजनराज पन्तलाई हराउँदै राना मेयर बनेका हुन्।  

यसअघिको स्थानीय निर्वाचनमा पन्तले रानालाई हराएका थिए भने अहिले रानाले पन्तलाई हराए। गोरखा  नगरपालिकामा जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच तालमेल भएको थियो। तालमेलपछि प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा जनता समाजवादी पार्टीले उम्मेदवारी दिएका थिए। जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार नारायण खत्री भने पराजित भए। गोरखा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी मसलीमाया थोकर विजयी बनिन्।  

गोरखा नगरपालिकाको मेयरमा निर्वाचित कृष्ण रानाले सुन्दर बिकसित नगरपालिका बनाउन लागि पर्ने बताएका छन्। मेयर चुनिएपछि उनले भने ‘सुन्दर, सभ्य, बिकसित नगरपालिका बनाउनमा मेरो प्राथमिकता हुनेछ।’

आफुले निर्वाचित पार्टीको नीति अनुसार काम गर्ने बताउँदै उनले व्यवस्था परिर्वतन भएको तर जनताको अवस्था परिवर्तन नभएकाले जनताको अवस्था परिर्वतन गर्नेगरी आफूले काम गर्ने बताए। ‘बुद्धिजिवी, किसान, मजदुर, व्यवसायी सबैको सल्लाह अनुसार काम गर्नेछु’ उनले भने।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App