१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनराज थापा भन्दा ८१२ मतले अघि

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ८१२ पुर्‍याएका हुन्।

हालसम्म १४ हजार ४ सय ४३ मत गणना सम्पन्न हुँदा आचार्यले ६ हजार ३९ मत प्राप्त गरेका छन्। उनलाई एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले ६ सय ६८ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ३ सय ३३ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले पुनः अग्रता लिएकी छन्। यसअघि एमालेकी मञ्जुदेवी गुरुङले लिएको अग्रता तोड्दै उनले पुनः १०६ मतको मतान्तर बनाएकी हुन्। 

रानाभाटले ६ हजार ७७ मत प्राप्त गरेकी छन् एमालेकी गुरुङले ५ हजार ९ सय ७१ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले ६ सय १७ मत प्राप्त गरेकी छन्।

प्रकाशित: २ जेष्ठ २०७९ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App