८ वैशाख २०८१ शनिबार
राजनीति

धरानमा गठबन्धनलाई अग्रता, मेयरमा स्वतन्त्रले पछ्याउँदै

धरानमा प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ। वडा नं १, २ र ३ को प्रारम्भिक सय/सय मतगणनाको नतिजा सार्वजनिक हुँदा बाम गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई अगाडि छन्।

कुल ३ सय मत गणना हुँदा उनले ११६ मत पाएका छन् भने मेयरका स्वतन्त्र हर्क साम्पाङले ७९ मत ल्याएर दोस्रो स्थानमा छन्। नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले ५३ मत पाएकी छिन्। यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १२५ मत ल्याएर अगाडि छन्।

एमालेका उम्मेदवार पदम इस्वो लिम्बुले ६७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। उपमेयरमा स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुको १८ मत छ। धरानको २० वटा वडामध्ये अहिले वडा नं १, २ र ३ को मात्र मतगणना भइरहेको छ। धरानको कुल मतदाता १ लाख ३२४ मध्ये शुक्रबार भएको मतदानमा ६२ हजार ८९७ मत खसेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App