२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

रुकुममा मतगणना हुँदै

रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ पालिकामा मतगणना भइरहेको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार आठबिसकोट नगरपालिकामा मतपेटिका आइनसकेका कारण ढिलाइ भएको हो भने बाफिकोटमा विवादका कारण सुरु हुन सकेको छैन।

जिल्लाको मुसिकोट नगरपालिका, सानोभेरी गाउँपालिका, त्रिबेणी गाउँपालिका, चौरजहारी नगरपालिकामा मतगणना सुरु भइरहेको छ। प्रारम्भीक नतिजा अनुसार अहिले मुसिकोट नगरपालिकामा कांग्रेसको अग्रता छ भने अन्यत्र माओवादीको अग्रता रहेको छ। यहाँ बिहानदेखि मात्र मतगणना सुरु भएको थियो।

यसैबीच पूर्वीरुकुमको भुमे गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार सिस्ने गाउँपालिकामा मतपेटिका आउने क्रम जारी छ भने पुथा उत्तरगंगा गाउपालिकामा मतपेटिका आइसकेको छ अब केही बेरमा गणना सुरु हुन्छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App