१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनलाई ज्यादा राजनीतिकरण गरियो: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनलाई ज्यादा राजनीतिकरण गरिएको बताएका छन्। शुक्रबार विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिंदै कोइरालाले स्थानीय तहको निर्वाचनमा केन्द्रीय नेताहरू देश दौडाहामा लाग्नु उचित नभएको बताए।  

उनले स्थानीय तहको निर्वाचनलाई ज्यादा राजनीतिकरण गर्दा राजनीतिक दलहरूबीच स्थानीय स्तरमासमेत  द्वेश पैदा हुने खतरा रहेको बताए। कोइरालाले भने, ‘स्थानिय निर्वाचनलाई  नन पोलिटिकल्ली हेर्ने र प्रदेश र संघको निर्वाचनामा पोलिटिकल्ली जानु उपयुक्त  हुन्थ्यो।’  केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचनलाई ज्यादा राजनीतिकरण गर्दा स्थानीय मुद्दाहरू ओझेलमा परेको कोइरालाले बताए। स्थानीय तथा केन्द्रका नेताहरू स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा नराखेकोमा  चिन्ता लागेको कोइरालाको भनाई छ। 

उनले भने, ‘स्थानिय तहको निर्वाचनमा वडाका र पालिकाका मुद्धालाई उठाउनुपर्नेमा राष्ट्रिय मुद्धाहरूलाई बढी जोड दिंदा स्थानिय मुद्दा ओझेलमा पर्नु चिन्ताको विषय हो।’ कोइरालाले स्थानीय निर्वाचनको मत परिणामले गठबन्धनमा प्रभाव नपार्ने स्पष्ट पारे। यस्तै विराटनगरस्थित आदर्श माध्यामिक विद्यालय निर्वाचन केन्द्रबाटै  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि मतदान गरेकी छन्। यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले  विराटनगर स्थित शनसरी माइस्थान मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App