२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

हुम्लाका दुई मतदान केन्द्रमा झडपः मतदान अधिकृतसहित आठ जना घाइते

हुम्लाका दुई मतदान केन्द्रमा झडप भएको छ। उक्त झडपमा एक मतदान अधिकृतसहित आठ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार चंखेली गाउँपालिका-२ को महादेव मावि मतदान केन्द्रमा भएको झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र सहयोगी कावा रोकाय घाइते भएका छन्। घाइते मध्ये रोकायलाइ थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत ल्याउने तयारी भइरहेको छ। प्रहरी भीड नियन्त्रण गर्नका लागि यहाँ आठ राउण्ड गोली चलाएको प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए।  

यस्तै हुम्लाकै अदानचुलीमा पनि झडप भएको छ। अदानचुली-४ कुकुरफाल्ना जलविद्युत आयोजना मतदान केन्द्रमा झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ। घाइतेको विवरण आउन बाँकी छ।

प्रकाशित: ३० वैशाख २०७९ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App