८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा वीरगञ्ज महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका छन्।  

जिल्लाका विभिन्न पालिकामा १६ दलको तर्फबाट उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम रहेको छ। विसं २०७४ निर्वाचनपछि जिल्लामा ५७ हजार ६२४ मतदाता थपिएका छन्। हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पूरुष र १६ अन्य गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन्। विसं २०७४ मा एक लाख २० हजार ९११ महिला, एक लाख ५९ हजार २८६ पुरुष र १५ अन्य गरी कूल दुई लाख ८० हजार २१२ मतदाता थिए।

विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ८१ प्रतिशत मतदान भएको थियो भने ०.४० प्रतिशत मत बदर भएको थियो। जिल्लामा आशन्न स्थानीय तहको निर्वाचनमा एक ६७ वटा मतदातस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ। रासस

प्रकाशित: २७ वैशाख २०७९ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App