१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

खटनपटनमा कर्मचारी संगठनको बिरोध

कर्मचारी संगठनले निकालेको विज्ञप्ती।

स्थानीय तह निर्वाचनमा कर्मचारी खटनपटनमा जानाजान त्रुटी गरेको भन्दै कर्मचारी संगठनहरुले बिरोध जनाएका छन्। कांग्रेस, एमाले र माओवादी निकट संगठनहरुले शनिबार एक विज्ञप्ती नै निकालेर बिरोध जनाएका हुन्।

मतदान अधिकृत र सहायक मतदान अधिकृतको सूचीमा सिनियर र जुनियरको मर्यादा मिचिनुका साथै अपमान गरेको उनीहरुको आरोप छ। आफूहरुसंग समन्वय नगरेको गुनासो गरेका उनीहरुले कनिष्ठ र वरिष्ठको मर्यादा ख्याल नगरिएको प्रति आपत्ति जनाएका हुन्।

यस प्रकारको अपमानजनक खटनपटनले राष्ट्रसेवक कर्मचारीको मनोबल कमजोर पार्ने बताउँदै निर्देशिका बमोजिम विवेकपूर्ण मूल्याङ्कन नगरी मनोमानि व्याख्या गरिएको कर्मचारी संगठनको आरोप छ। यो त्रुटिलाई तत्काल सच्याउन समेत उनीहरुले आग्रह गरेका छन्।

प्रकाशित: २५ वैशाख २०७९ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App