७ वैशाख २०८१ शुक्रबार
राजनीति

देश र जनता जोगाउन ओली र तीनका अनुयायीलाई स्थानीय निर्वाचनबाटै रोक्नु पर्छः पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा संवैधानिक शंकट निम्त्याउन खोज्ने केपी शर्मा ओली र तीनका अनुयायीहरूलाई स्थानीय तहदेखि नै रोक्नु पर्ने बताएका छन्।

असंवैधानिक ढंगबाट संसद बिघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेका ओली प्रतिगमनकारीको नमूना भएको भन्दै नेता पौडेलले अब तीनलाई स्थानीय तहदेखि संसदसम्म जान रोक्नु पर्ने बताएका हुन्।

पाँच दलीय गठबन्धनले आज (शनिबार) बुटवलमा गरेका चुनावी सभालाइसम्बोधन गर्दै काँग्रेस बरिष्ठ  नेता पौडेलले राष्ट्रबादका नाममा देश र जनतालाइ झुक्याएर संवैधानिक शंकट र अस्थिरता निम्त्याउन खोजेको आरोप एमाले अध्यक्ष ओली माथि लगाएका हुन्। अब देशलाई ठगिनबाट जोगाउन ओली र तीनका अनुयायीहरूलाई स्थानीय निर्वाचनमै भोट नदिएर रोक्नु पर्छ। यीनलाई प्रदेश र प्रतिनिधि संसदमा पनि जान दिन हुन्न’ नेता पौडेलले भने।

जनतालाई ठग्ने झुक्याउनेहरुलाइ भोट नदिन आग्रह गर्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन नेता पौडेलले आग्रह गरे। बुटवलमा गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले जिते सकुम्बासी समस्या,खानेपानी,सडक,ढल निकास, फोहोर व्यवस्थापन,बाढी पहिरो नियन्त्रण  जस्ता  मुख्य समस्या समाधान गरीने बताए। 

बरिष्ठ नेता पौडेलले बुटवल बासीको सुख्खदुख्खमा भेटिने नेताको रुपमा पाण्डेले नेतृत्व गर्ने भन्दै मत दिएर काम गर्ने मौका दिन आग्रह गरे । बुटवल उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन्।

प्रकाशित: २४ वैशाख २०७९ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App