२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरमा उपमेयर पदसहित ७ जनाको उम्मेदवारी रद्द

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयर पदको उम्मेदवारसहित सात जनाको उम्मेदवारी रद्द भएको छ।

नेपाल परिवार दलबाट उपमेयर पदमा उम्मेदवार दिएकी बिष्णुकुमारी बिकको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन्। समानुपातिक सूचीमा उनको नाम भएकाले उनको उम्मेदवारी रद्द भएको उनले बताए। समानुपातिक बन्द सूचीमा नाम भएकाहरु उम्मेदवार नै मानिने भएकाले अर्को ठाउँमा उम्मेदवारी दिन अयोग्य मानिने गरेको छ। बन्द सूचीबाट नाम हटाउन निवेदन दिएपनि नाम नहटाइएकोले आफ्नो उम्मेदवारी कायम राख्न भनेर उनले निर्वाचन आयोगमा निवेदन पठाएकी छन्। निर्वाचन आयोगले उनको निवेदनमाथि सुनुवाइ गरेर उम्मेदवारी रद्द गरेको निर्णय उल्ट्याउन पनि सक्ने मुख्य निर्वाचन अधिकृत पनेरुले बताए।

यसैगरी, धनगढी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र) को तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नं ४ मा महिला सदस्य पदमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) की पार्वती देवी भाट, वाड नं ६ बाट वडा सदस्यकी उम्मेदवार राप्रपाका सुर्यलाल डगौराको उम्मेदवारी रद्द भएको उनले बताए।

यसैगरी, वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का दिलिप राज भण्डारी, वाड नं ७ को सदस्यमा नगारिक उन्मुक्ती पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नं १९ वाट नेपाली काग्रेसको दलित महिला सदस्यको उम्मेदवार दिएका देवी स्नेहीको पनि उम्मेदवारी रद्द भएको छ।

धनगढी उपमहानगरपालिकामा मेयरमा १० जना र उपमेयरमा ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

प्रकाशित: १६ वैशाख २०७९ १०:२५ शुक्रबार