१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेयर भए तलब भत्ता नलिने घोषणा

भिमाद नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका काजीमान श्रेष्ठले आफू विजयी भए सरकारले दिने तलब भत्ता नलिने घोषणा गरेका छन्। एकीकृत समाजवादीकोतर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता नलिने घोषणा गरेका हुन्।  

बुधबार गठबन्धनका तर्फबाट संयुक्त पत्रकार सम्मलेन गरेर घोषणापत्र सार्वजनिक गर्दै मेयरका उम्मेदवार श्रेष्ठले भने, ‘अशक्त, अपांग, विपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न तलब भत्ता खर्च हुनेछ। गरिबीका कारण चुल्हो बाल्न नसक्नेलाइ खाद्यन्नको व्यवस्था मिलाईनेछ। अभिभावक नभएका बालबालिकालाई त्यही रकमले सहयोग गर्नेछु’, उनले भने।  

श्रेष्ठले भिमादलाई नमुना बनाउनलाई गठबन्धन गरेर निर्वाचनमा होमिएको बताए। उनले अगाडी भने, ‘एमालले दुई हिताई मत  पाउदा पनि राज्य सञ्चालन गर्न सकेन्। संविधान च्यात्ने अवस्था भएपछि गठबन्धन सरकारले बचायो। तसर्थ नमुना नगर बनाउनलाई हामीले भिमादमा गठबन्धन गरेर लागेका छौ।’

भिमाद नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन गरेर आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा चुनावी मैदानमा भिड्दैछन्। मेयर एकिकृत समाजवादीले र उपमेयर कांग्रेसले भागबन्डा गरेका छन्। वडामा राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि भागबन्डा गरिएको छ। मेयर र उपमेयरमा आ–आफ्नै चुनाव चिह्नबाट निर्वाचन लड्ने भएपनि वडामा सबैले नेपाली कांग्रेसको रुख चिह्नबाट चिर्वाचनमा होमिने सहमती छ।

उपमेयरका उम्मेदवार मिलन आलेले प्रजातन्त्र नेताका लागि मात्रै भएकाले आफूहरुले जितेमा जनताको लागि प्रजातन्त्र स्थापित गराउने दाबी गरे। चार ‘ज’ को नीति अवलम्बन गरेर विकास गर्ने आलेले बताए। ‘जल, जमिन, जंगल र जवानीको बहुउपयोग  गर्नेछौँ। गाउँलाई नमुना बनाएर जनताको सुख र सम्मृद्धि लागि काम गर्नेछौँ’, उनले अगाडी थप्दै भने, ‘बाझो जमिन उपयोगको नीति बनाउनेछौँ। निजि वन दर्ताको नीति ल्याएर जनतालाई आर्थिक सम्मृद्धिसँग जोड्नेछौँ। कृषिमा विचौलियाको प्रभाव रहेकाले किसान सधैवमा मारमा परेको उनको भनाई छ। विचौलियालाई निर्मम प्रहार गर्दै  किसानलाई प्रोत्साहन गर्ने उनले बताए। अहिले भिमादमा अवैध उत्खनन् र नदी दोहन भईरहेकाले त्यसको अन्त्य गर्ने घोषणा गरे।

शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, कृषि, विधुत, सडक यातायात, सुचना तथा सञ्चार पर्यटन, पेशा व्यवसाय र रोजगारलाई प्राथमिकता दिदैँ घोषणापत्र सार्वजनिक गरिएको छ। घोषणापत्रमा उल्लेख बुदाँहरु सबै कार्यन्वयनमा गर्ने दाबी समेत गठबन्धनले गरेको छ। ‘सुशासन र समृद्धिको आधार, सुन्दर नगरि भिमादमा गठबन्धनको सरकार’ नारालाई आत्मासाथ गर्दै घोषण पत्र सार्वजनिक भएको हो।

प्रकाशित: १४ वैशाख २०७९ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App