१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने गठबन्धनको निर्णय

फाइलतस्बिर

गठबन्धनका शीर्ष नेताहरूले  स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने भएका छन्।  

गठबन्धनले देशभरि चुनाव तालमेलका लागि बुधबार सात बुँदे निर्णय गर्दै निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति जनाएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय गरेको हो।  

बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिएको बताइएको छ।

प्रकाशित: १४ वैशाख २०७९ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App