२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

वीरेन्द्रनगरकाे नगर प्रमुखमा १७ जनाको उम्मेदवारी

मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्रनगर सुर्खेत। तस्बिर: गोविन्द/नागरिक

वीरेन्द्रनगर नगर पालिकामा नगर प्रमुखमा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। कर्णालीमै धेरै नगर प्रमुखको उम्मेदवार वीरेन्द्रनगरमा उठेको जनाईएको छ। 

कर्णाली प्रदेशको राजधानी रहेका वीरेन्द्रनगर सवै दलहरुको आर्कषण र निष्ठाको लडाई समेत रहेको छ। जसका स्वतन्त्रसहित १७ नगर प्रमुखमा आकांक्षीहरुले उम्मेदवारी हालेका हुन्। वीरेन्द्रनगरमा मुख्य त एमाले र काँग्रेसविच नै प्रतिष्पर्धा रहेको छ। 

गठबन्धनविच सुर्खेतमा तालमेल भएमा एमालेलाई वीरेन्द्रनगरमा जित्न चुनौती देखीन्छ। १६ गतेसम्म उम्मेदवारी फिर्ता गर्ने समय भएको हुँदा सुर्खेत र रुकुम (पश्चिम) तालमेल हुने सम्भावना पनि उत्तिकै छ। 

वीरेन्द्रनगर नगर पालिका सुर्खेतमा नगर प्रमुखको लागि मनोनयन दर्ता गर्नेहरुमा नेपाली काँग्रेसबाट उपेन्द्र खड्का, नेकपा एमालेबाट मोहनमाया ढकाल, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा एकिकृत समाजवादीबाट धन कुमारी विसी, राप्रपाबाट मुकुन्दश्याम गिरी, जनता समाजवादी पार्टीबाट गगनबहादुर सारु, राष्ट्रिय  जनमोर्चाबाट विस्नु प्रसाद शर्मा, नेपाल मजदुर किसान पार्टीबाट गोविन्द नाथ योगी, राष्ट्रिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल दलित पार्टीबाट निलकन्ठ भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेश  प्रसाद काफ्ले, स्वतन्त्रबाट फस्टबहादुर हमाल, चिन्तामणी शर्मा, भिमप्रसाद शर्मा, सिद्ध बहादुर खड्का, र उमा नन्द पङ्गाली रहेका छन्।

प्रकाशित: १३ वैशाख २०७९ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App