२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टिकट नपाएपछि एमालेको पालिका अध्यक्ष छाडेर राप्रपाबाट उम्मेदवार

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै म्याग्दीको नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षले मनोनयन अगाडि दल परिवर्तन गरेका छन्। हाेमबादुर थापाले पालिका प्रमुख/उपप्रमुखमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बनेका छन्। 

करिब ३० वर्ष कम्युनिष्ट पार्टीमा सक्रिय थापाले पार्टी निर्णयमा असन्तुष्ट भई पार्टी परित्याग गरेका हुन्। एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार मात्र धवलागिरी पालिकामा थमसरा पुनलाई प्रमुखमा दोहोर्‍याउने र प्रगति कार्कीलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेपछि थापाले आपत्ती जनाएका थिए।

धवलागिरी गाउँपालिकाको प्रमुख, उपप्रमुख पदमा पार्टीको टिकट वितरणमा चर्को असहमति भएपनि पार्टी परित्यागको निर्णय पुर्नविचार गर्न भन्दै बेनीबाट एमाले केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष समेतको टोली धवलागिरी पुगेको थियो। टोलीलाई थापाले भेट्न समेत अस्वीकार गरेका थिए।‘मनोनयन दर्तामा सघाउन आउनुभएको जस्तो लागेको थियो,‘अर्को दलबाट उम्मेदवारी दिएर जानुभयो,‘नेतृत्वसँग असन्तुष्ट भएपनि सिद्धान्त नै नमिल्ने पार्टीमा जाँदा आश्चर्यमा परे’ एमालेका एक नेताले भने। ‘पद्धतिअनुसार होइन, एक–दुई व्यक्तिको चाहना पुरा गर्ने काम भयो,‘अन्य पार्टीमा प्रवेश गरेर आफ्नो क्षमता देखाउनुपर्ने भयो’ थापाले भने। उनले पार्टीले टिकट वितरणमा पार्टीको मुल्याङ्कनमा ध्यान नदिएको आकांक्षी भएको जानकारी जिल्ला, प्रदेशमा हुदाँ समेत एक वचन नसोधिएको नेता थापाको गुनासो थियो।

टिकटको आश्वासन दिएर पूरा नगरेपछि पार्टी परिवर्तन गर्न बाध्य भएका थापालाई राप्रपाबाट पालिकामा उठाउने निर्णय गरेर जिल्लाबाट आवश्यक साम्रागी पठाइएको थियो। यता पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले राप्रपामा सबै पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गरिने बताए। उनले ठूला पार्टीमा पहुँच, आर्थिक हैसियत हेर्न थालिएको बताउँदै अन्य दलसँग तालमेल गरेपनि आफ्नै चुनाव चिन्हबाट मात्रै निर्वाचनमा सहभागी हुने बताए। आसन्न बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा म्याग्दीमा समेत धमाधम पार्टी परिवर्तन भइरहेको छ।  

म्याग्दीमा २३७ पदका लागि ७५१ जनाले मनोनयन दर्ता

स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५१ जनाले मनोनयन दर्ता गराएका छन्। म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। सत्ता साझेदार पाँच दलीय गठबन्धनको तालमेलको प्रयास र प्रमुख दल नेकपा एमालेले उमेदवार छनौटमा भएको ढिलासुस्तीले समस्या भएको बताए। निर्वाचन अधिकृतहरुको कार्यालयका अनुसार बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरीको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मंगलाको २७ पदमा १०४, रघुगंगाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए।  

जिल्लाभर धवलागिरी गाउँपालिकाको १ वटा वडा सदस्यमा मात्र एकल उमेद्वारी परेको छ। धवलागिरी–१ गुर्जाको वडा सदस्यमा एकल उमेदवारी परेकाले नेकपा माओवादी केन्द्रका सिताकुमारी छन्त्याल निर्विरोध भएका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताए।   बेनी नगरपालिकाको २, ६, ८,७ र ९ मा काँग्रेस र माओवादीका उमेदवारले एउटै चिन्ह लिएर मनोनयन दर्ता गराएका छन्। बेनी नगरपालिकाको ७, अन्नपूर्णको ३ र ५ नम्बर वडामा आ–आफ्नो चिन्हमा सहकार्य गरेर चुनाव लड्ने सहमतिमा मनोनयन दर्ता गराएका छन्। नेत्रबिक्रम चन्द् विप्लप नेतृत्वको नेकपाका नेताहरुले पनि स्वतन्त्र रुपमा उमेदवार बनेका छन्।

प्रकाशित: १३ वैशाख २०७९ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App