६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौँ महानगरपालिकाको प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी

काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख  पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ।

प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन्। प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन्।

उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारमध्ये १२ महिला छन्। आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका हुन्।

काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौँ जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन्। रासस

प्रकाशित: १३ वैशाख २०७९ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App