१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

विराटनगरको मेयरमा ३ जनाको उमेदवारी

विराटनगरको मेयरका लागि स्वतन्त्रतर्फबाट उमेदवारी दर्ता गर्दै उमेश यादव। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगर महानगरपालिकाको मेयरमा तीन जनाको उमेदवारी परेको छ। स्थानीय तहको उमेदवार मनोनयनको पहिलो दिन विराटनगर महानगरपालिकाको मेयरमा तीन जनाको उमेदवारी परेको मुख्य निर्वाचन कार्यालयका सुचना अधिकारी हेम वुढाथोकीले जानकारी दिए।  

वुढाथोकीका अनुसार विराटनगरको मेयरमा स्वतन्त्रबाट सक्रिय गौतम र उमेश यादवको उमेदवारी परेको छ। यादव जनतासमाजवादीका तर्फबाट मेयरका दावेदार थिए। उनले शनिबार पार्टी छाडेको घोषणा गर्दै आइतबार स्वतन्त्रबाट उमेदवारी दिएका हुन्।

यस्तै जनमत पार्टीकातर्फबाट अरुणकुमार मण्डलले उमेदवारी दिएका छन्। उप मेयरमा पहिलो दिन कसैको पनि उमेदवारी नपरेको सूचना अधिकारी वुढाथोकीले बताए। बुढा थोकी काअनुसार वडा अध्यक्ष र सदस्यहरूमा ५४ जनाको उमेदवारी परेको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको आर्यालयमा विराटनगर महानगरपालिकाको मेयर, वडा अध्यक्ष र सदस्यहरूका लागि ५७ जनाले उमेदवारी दिएका छन्। 

विराटनगरको मेयर, उपमेयर लगायतका पदाधिकारीका लागि प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र , जनतासमाजवादी पार्टीलगायतका प्रमुख दलहरूले भने पहिलो दिन उमेदवारी दर्ता गराएका छैनन्। नेपाली काँग्रेस, नेकपा एमालेलगायतका दलहरूले अझैसम्म विराटनगरको उमेदवार टुंगोसमेत लगाएका छैनन्।

प्रकाशित: ११ वैशाख २०७९ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App