२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङद्वारा अधिकांश वडाहरुमा वडाध्यक्षका उम्मेदवार तय

नेकपा एमालेले ताप्लेजुङका वडाहरुमा पार्टीकातर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नेहरुको नाम टुङ्गो लगाएको छ। एमालेले यहाँका ६१ वटा वडाहरुमा एक महिलासहित पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नेहरुको टुङ्गो लगाएको हो। एमालेले सिरिजङ्घा गाउँपालिका वडा नं ३ सिकैचामा महिला वडाध्यक्ष उम्मेदवार बनाएको छ। त्यहाँबाट कुमारी साउदेन लिम्बू एमालेकोतर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नेछन्। 

यस्तै, फुङ्लिङ १ मा पृथ्वी मादेन,वडा नं २ मा तुलसीप्रसाद पौडेल,वडा नं ३ मा टंक पालुङ्वा,वडा नं ४ मा दुर्गाप्रसाद पालुङ्वा,वडा नं ५ मा लिला पौडल,वडा नं ६ मा यिगेन्द्रकुमार गुरुङ,वडा नं ७ मा योगेन्द्र निरौला,वडा नं ८ मा भोला पौडेल,वडा नं ९ मा लक्ष्मण गुरुङ,वडा नं १० मा गमबहादुर फुरुम्बु र वडा नं ११ मा सबिन बिष्टलाइ वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ। फक्ताङ्लुङ गाउँपालिका वडा नं १ मा सावादिनमा चन्द्र साउदेन,वडा नं २ खेजेनिमका हर्कसिंह पराजुली र वडा नं ३ लिङ्खिममा टुङ्गो लाग्न बाँकी रहेको छ। वडा नं ४ इखाबुमा पञ्चबीर मावोहाङ,वडा नं ५ तापेथोकमा देउप्रसाद लिम्बू,वडा नं ६ लेलेपमा चन्द्र (छोवाङ) शेर्पालाइ उम्मेदवार बनाउने भएको छ। वडा नं ७ ओलाङ्चुङगोलामा टुंग बाँकी रहेपनि छेतेन शेर्पाको नामअघि सारिएको स्रोतले बताएको छ।

एमालेले मिक्वाखोला वडा नं १ खोक्लिङमा राम फेम्सोहाङ,वडा नं २ खोक्लिङमा झरेन्द्र थापा,वडा नं ३ लिवाङमा मचिन्द्र लिम्बू,वडा नं ४ साँवामा भीम थलङ र वडा नं ५ पापुङमा आइतवीर साँवालाइ वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ। आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनमा राम पाठक,वडा नं २ फुलवारीमा टेकेन्द्र सेन्दाङ,वडा नं ३ हाङ्पाङमा सूर्यमान यक्सो,वडा नं ४ चाँगेमा गोपाल प्रसाँइ र वडा नं ५ चाँगेमा सन्तोष आङ्बुहाङ वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन्। सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनाममा सिंहबहादुर इवाराम,वडा नं २ आम्बेगुदिनमा असिम कुँवर,वडा नं ३ सिकैचामा कुमारी साउदेन,वडा नं ४ तेल्लोकमा काजी भण्डारी,वडा नं ५ पेदाङमा भूपाल भण्डारी, वडा नं ६ मामाङ्खेमा टीका मावो,वडा नं ७ खेवाङमा नेत्र अधिकारी र वडा नं ८ याम्फुदिनमा मनकुमार राईलाइ वडाध्यक्षको उम्मेदवार बनाउने एमालेको तयारी छ। 

पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङमा दिलकुमार सुनुवार,वडा नं २ थेचम्बुमा बलुराम मेन्याङ्वो,वडा नं ३ तिरिङ्गेमा पूर्ण तिवारी, वडा नं ४ डुम्रिसेमा बलबहादुर साम्सोहाङ,वडा नं ५ चाक्सिबोटेमा तारामान साम्सोहाङ र वडा नं ६ थुम्बेदिनमा जीतमान तामाङ वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन्। सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलामा गोपाल बानिँया,वडा नं २ सादेवामा पूर्ण माङ्मो वडा नं ३ आङ्खोपमा रत्न कडरिया,वडा नं ४ साब्लाखुमा ज्ञानेन्द्र पन्दाक, वडा नं ५ लिम्बूदिनमा रत्न इदिङ्गो,वडा नं ६ मेहेलेमा रत्न लिङ्देन र वडा नं ७ सुरुम्खिममा भूमी तामाङलाइ वडाध्यक्षको उम्मेदवार बनाउने एमालेको तयारी रहेको छ। 

मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लावुमा सबिनकुमार चोङ्वाङ  वडा नं २ सान्थाक्रामा तेज चोङ्वाङ वडा नं ३ खाम्लुङमा रत्न सामेखाम,वडा नं ४ लिङ्तेपमा कर्मशेर हाङ्गाम,वडा नं ५ थुकिमामा जसमान केदेम र वडा नं ६ नाल्बुमा मनोज तुम्बाहाम्फे वडाध्यक्षको उम्मेदवार बन्ने एमालेले निर्णय गरेको छ। मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुमा दुर्गाप्रसाद तामाङ,वडा नं ढुङ्गेसाँघुमा २ मा लोकमान वनेम,वडा नं ३ साँघुमा खेमप्रसाद भट्टराई,वडा नं ४ साँघुमा मिङ्माछोक्टु शेर्पा,वडा नं ५ फाकुम्बामा कुलप्रसाद वनेम र वडा नं ६ फाकुम्बामा राजुमान लिम्बू वडाध्यक्षका उम्मेदवार बन्ने भएका छन्।

प्रकाशित: ७ वैशाख २०७९ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App