coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुर र रेणु नै नभई भएन भन्ने अडान होइनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा भरतपुर महानगर र मेयरमा ‘रेणु दाहाल’ नै चाहिन्छ भनेर आफूले अडान नलिएको दाबी गरेका छन्।

स्थानीय तहको निर्वाचनका विषयमा आयोजित सोमबारको पत्रकार सम्मेलनमा उनले भने, 'भरतपुर नभई भएन, रेणु नै नभई भएन भन्ने हाम्रो अडान होइन।' दाहालले ६ वटा महानगरमध्ये एउटा त माओवादीमा पर्ने उल्लेख गर्दै भने, 'गठबन्धनले काठमाडौँ, विराटनगर, भरतपुर होइन भने पनि ठिकै छ।'

उनले थपे, 'तर यहाँ भ्रम पार्न खोजिएको छ। भारतपुर नै चाहिने, रेणुनै चाहिने होइन।' दाहालले भरतपुर महानगरमा पहिले रेणुले न जितिकाले जित्न सजिलो हुन्छ भनेर भनिएको बताए। ’यो कुरामा कन्फूयूजन नहोस, उनले भने।

दाहालले ६ वटै महानगर एउटैलाई दिन मिल्नेस्थिति नरहेको र माओवादीलाई नदिन मिल्नेस्थिति पनि नरहेको बताए। ‘कांग्रेस पनि भरतपुर माओवादीलाई दिने कुरामा सकारात्मक छ। बेलुका सम्म टुङगो लगाउँछ,' उनले भने।

प्रकाशित: ५ वैशाख २०७९ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App