५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीको चुनावी पोस्टरमा कुलमानको तस्बिर, सामाजिक सञ्जालमा चर्को आलोचना

नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित स्थानीय तहको चुनावी प्रचार सामाग्री ‘पोस्टर’मा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङको तस्वीर छापेर प्रचारका लागि सार्वजनिक गरेको छ।

घिसिङको फोटोसहतिको तस्वीर माओवादीका नेता कार्यकर्ताले समाजिक सञ्जालमा सेयरसमेत गरिरहेका छन्। घिसिङको फोटोसहतिको तस्वीर माओवादीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा सेयर गरेपछि सामाजिक संजलामा चर्को आलोचना भएको छ।

निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको छ। उक्त पोस्टरमा माओवादीका अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्मा पनि रहेका छन्।

’अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ। साथै अब निःशुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App