नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाएका छन्। राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाएका हुन्।
‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो,’ उनले भने।
सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनको दाबी छ।
मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए।
प्रकाशित: २७ चैत्र २०७८ ०८:०४ आइतबार