७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

खेलकुद महासंघको जिल्ला सम्मेलन आयोजक कमिटी गठन

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको ताप्लेजुङ जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ।

जिल्ला भलिबल संघका अध्यक्ष एमव् मैवाखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष समेत रहेका दिवस चोङ्वाङको अध्यक्षतामा ४८ सदस्यीय समिति बनेको हो। नेकपा एमाले ताप्लेजुङका उपसचिव समेत रहेका नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य मणिशंकर पोमूले नेपाल खेलकुद महासंघको प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको घोषणा गरे।

जस अनुसार महासंघको उपाध्यक्षद्धयमा अनिल यवागु र पुनम लिम्बू,सचिवमा राजु नेपाली र उपसचिवद्धयमा सविन अधिकारी र मिलन प्रधान रहेका छन्। पोमूका अनुसार खेलकुद महासंघको प्रथम ऐतिहासिक जिल्ला अधिबेशन भने यहिँ चैत २८ गते सदरमुकाम फुङ्लिङमा हुने भएको छ।  

महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको उपस्थितिमा जिल्ला अधिबेशन हुन लागेको समेत पोमूले बताए। कार्यक्रमका ताप्लेजुङबाट एमालेको प्रदेश कमिटीमा आबद्ध सदस्यहरु,जिल्ला तथा नगरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २० चैत्र २०७८ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App