५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्नः चुनावको मुखैमा भारत भ्रमणमा किन गएको?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानु भयो भनेर आशंका समेत व्यक्त गरे। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै उनले प्रधानमन्त्री आउनेबित्तिकै 'यतिबेरै किन भारत भ्रमणमा जानु भो' भनेर आफूले प्रश्न सोध्ने पनि बताए। त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराए।

पाँच दलीय गठबन्धन केजीेको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उनको तर्क थियो। अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अब हार व्यहोर्नु नपर्ने जिकीर गरे। माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले दावी गरे।

देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिए। ओलीले प्रचण्ड, माधवहरुलाई पछि पलाएको ऐँजेरुको संज्ञा दिए।

प्रकाशित: १८ चैत्र २०७८ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App