६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा काठमाडौँ आएका छन्।

उनी आज दिउँसो काठमाडौं स्थित त्रिभुवन विमानस्थल अवतरण गरेका हुन्। कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको परिवर्तित परिवेशमा चिनियाँ विशिष्ट अतिथिको आगमनलाई नेपाली जनताले हार्दिकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।

भारतको नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री नारायण खड्काले स्वागत गरेका हुन्। विमानस्थलबाट विदेश मन्त्री वाङ यी  द्वारिका होटेल जानेछन्। वाङले औपचारिक भेटघाट भने भोलि बिहानदेखि मात्रै गर्नेछन्।

प्रकाशित: ११ चैत्र २०७८ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App