१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारको उच्च प्राथमिकता जनताका अधिकार कार्यान्वयन गर्नु हो: मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा लिपिवद्ध गरिएका जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएकी छिन्।

शुक्रबार भक्तपुरमा आयोजित जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन्। उनले मध्यथिमी नगरपालिका (साविक वडा नं. ६ र ८) का जग्गाविहीनहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै संविधानमा व्यवस्था भए अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने कार्य सम्पन्न गर्नको लागि राष्ट्रिय भूमि आयोगले नेपालको इतिहासमै पहिला पटक ऐन बनाएर अघि बढेको पनि बताइन्।

मन्त्री श्रेष्ठले वर्तमान सरकारले  संविधानमा व्यवस्था भएको मुक्त कमैया, कमलरी, हरुवाचरुवा, हलिया, भूमिहीन सुकुम्वासीहरु पहिचान गरेर बसोवासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषि योग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनः स्थापना गर्ने भन्ने विषय पनि प्राथमिकतामा राखेको बताइन्।

प्रकाशित: ४ चैत्र २०७८ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App